• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत विभिन्न विषयमा ८ दिने तालिम सम्पन ।

  • 4 वर्ष पहिले

दिपक बस्नेत
मंसिर १६, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमको ८ दिने तालिम समापन भएको छ ।
तामाकोशी गाउँपालिकाका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भएको समापन कार्यक्रममा सहभागिहरुले तालिमबाट धेरै कुराको सिकाई भएको, तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागु गर्न सके फाईदा हुने । आगामि दिनमा यस्ता खाले तालिमको अवश्यकता रहेको बताउँनु भयो । समापन कार्यक्रमका अतिथि श्रेष्ठले तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागु गरि व्यवसायीक योजना बनाएर जिवन परिबर्तन गर्न अनुरोध गर्नु भयो ।
आठ दिने तालिममा व्यवसायमा महिलाको आवश्यकता र महत्व, बजार योजना, व्यवसायीक योजना, लागत के हो ?, विक्री प्रवद्धन लगाएत महत्वपुर्ण धेरै विषयबस्तु समावेस गरिएको थियो । नेपाल सरकार बाणिज्य तथा आपूर्ती मन्त्रालय सिंहदरबार काठमाण्डौको सहयोग र तामाकोशी गाउँपालिकाको आयोजनामा संचालन गरिएको तालिममा पालिका भित्रका वडा नम्वर ३, ४ र ५ का सहभागीहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण तामाकोशी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख गंगा नेपाली र सहजकर्ता अन्जना पौडेलले गर्नु भएको थियो ।  
 

4 वर्ष पहिले    584 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology