• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संचालक समिति अध्यक्षमा सिताराम उप्रेती सर्व सहमतिमा चयन

  • 4 वर्ष पहिले

दिपक बस्नेत
मंसिर २६, तामाकोशी ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटको संचालक समिति अध्यक्षमा सिताराम उप्रेती सर्व सहमतिमा चयन हुनुभएको छ ।
सहकारीको उपाध्यक्षमा डण्डपानी काफ्ले, सचिव बाबुराम कार्की, सहसचिव सुरेश उप्रती कोषाध्यक्षमा यज्ञ बहादुर श्रेष्ठ चयन हुनुभएको हो । सदस्यहरुमा रमेश कुमार कार्की, केशव कुमार बस्नेत, सुकदेव ठकुरी, विनोद कुमार कटुवाल रहनुभएको छ भने महिला सदस्यमा राजु श्रेष्ठ र दलित सदस्यमा अष्टबहादुर सार्की रहनु भएको संस्थाका व्यवस्थापक कुमार खत्रीले जानकारि दिनुभयो ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नवराज कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति चयन गरेको छ । सदस्यमा केशव प्रसाद काफ्ले, अमृतबहादुर खड्का रहनु भएको छ । सहकारीको शेयर पुँजी २ करोड ४८ लाख ४१ हजार ४ सय रहेको छ भने कुल सम्पती ४१ करोड ८७ लाख ७७ हजार ३ सय ५६ रुपयाँ ५३ पैसा रहेको छ ।  

4 वर्ष पहिले    577 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology