• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

श्री महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाले संस्थागत विकासका लागि तीनदिने तालिम समापन

  • 3 वर्ष पहिले

दिपक बस्नेत
फागुन १५, तामाकोशी ।
श्री महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाले संस्थागत विकासका लागि तीनदिने तालिम समापन गरेको छ ।
महिला साक्षरता बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको प्रविधिक सहयोगमा संचालन भएको तालिममा संस्थाका संचालक समिति पदाधिकारी, लेखा समिति, अन्य उपसमिति, व्यवस्थापक, कर्मचारीको उपस्थिति रहेको थियो ।
सहकारी संचालक समिति अध्यक्ष सुमित्र फुयाँलको अध्यक्षतामा भएको समापन कार्यक्रममा संस्थाका संचालक समिति सदस्य श्रृजना सुवेदीले संस्थाको सुरुको अवस्थाको दुख सम्झदै हाल संस्थाले गरेको प्रगतिको चर्चा गर्दै तालिमले संस्थामा काम गर्न उल्लेख्य सहयोग पुग्ने र सिकेको कुरालाई व्यवहारमा लागु गर्न प्रतिवद्ध रहेको बताउँनु भयो । तालिमका सहभागिलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
तीनदिन सम्म संचालन भएको तालिमको सहजिकरण नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका कार्यक्रम अधिकृत उमेश कोइराला, तालिम अधिकृत सुमन राज घिमिरे, जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका विभागिय प्रमुख नविन्द्र रिमालले गर्नुभएको थियो ।  

3 वर्ष पहिले    602 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology