• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

  • 3 वर्ष पहिले

दिपक बस्नेत
फागुन २४, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ । पालिकाको प्रत्येक वडाहरुले विभिन्न कार्यक्रम सहित दिवस मनाइएको महिला बालबालिका शाखा प्रमुख सचिना न्यौपानेले जानकारी दिनुभयो ।
११२ औं अन्तराष्ट्रिय नारी दिवस मार्च ८ को अवसरमा "gender equality today for a sustainable tomorrow" भन्ने अन्तराष्ट्रिय नार र सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नारा सहित ८ मार्च महिला श्रमिक दिवस विभिन्न कार्यक्रम संचालन गरिएको हो ।
पालिका भित्रका सवै वडाहरुमा विभिन्न नारा लेखिएका प्लेकार्ड सहित नारा लगाई आ-आफ्नो वडामा कार्यक्रम गरिएको पालिकाले जानकारी दिएको छ ।
यस अघि तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय जफेमा अभिमुखिकरण कार्यक्रममा सम्पन्न गरिएको थियो । अभिमुखिकरण कार्यक्रमको पालिकाका उपाध्यक्ष उर्मिला खड्का केसी र आवाज नेपाल दोलखाका सचिव सर्मिला थापाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा पालिका भित्रका महिला सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

3 वर्ष पहिले    422 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology