• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले एकै दिन चारवटा सेवा केन्द्र र एक संग्रालय उद्घाटन

  • 3 वर्ष पहिले

दिपब बस्नेत
चैत्र १३, तामाकोशी ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले एकै दिन चारवटा सेवा केन्द्र र एक संग्रालय उद्घाटन गर्नुभएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा एकैदिन जेष्ठ नागरिक मिलन केन्द्र, कृषि उपज तथा दग्ध संकलन केन्द्र, स्वास्थ्य प्रयोगशाला सेवा, गहते सामुदायिक स्वास्थ्य इकाई र जनजाति (नेवार) संग्रालयको एकै साथ उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष इश्वर चन्द्र पोखरेलले जेष्ठ नागरिकको संक्षणको लागि सुरुवाति चरणमा काम थालिएको आगामि दिनमा यसलाई बढाउँदै लानु पर्ने बताउँनु भयो ।
गाउँपालिकाको २५ लाख लागतमा निर्माण सम्पन्न भएको जेष्ठ नागरिक मिलन केन्द्रमा जेष्ठ नागरिकका लागि टेलिभिजन, बाद्यावादकका सामान, पौराणिक किताव, धार्मिक किताव, बस्नको लागि उचित व्यवस्था गरिएको छ भने स्वास्थ्य परिक्षणका लागि एक जना स्वास्थ्य कर्मीको व्यवस्था गरिने बताइएको छ । जेष्ठ नागरिकका लागि दिनको समयमा उपस्थित गराएर भलाकुसारी गर्ने, भजनर्कितन गराउँने, पौराणिक किताव पढ्ने वातावरण बनाउँने, पत्रपत्रिका उपलव्ध गराउँने लगाएतको व्यवस्था गरिएको छ । गाउँपालिकामा जेष्ठ नागरिक मिलन केन्द्र संचालनमा आएपछि समय कटाउँन सजिलो हुने स्थानिय जेष्ठ नागरिकको भनाई छ ।

3 वर्ष पहिले    505 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology