• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

दोलखाको तामाकोशी गाउँपालिकामा टाइफाइड खोप सुरुवात सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • 3 वर्ष पहिले

रुमन श्रेष्ठ

चैत्र २३, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिकामा टाइफाइड खोप सुरुवात सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यलय सभाहल जफेमा टाइफाइड रोगको विरुद्ध खोप सञ्चालन तथा नियमित खोपको सुरुवात पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

देशव्यापी रुपमा सञ्चालन हुन लागेको १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने प्रमुख मिश्रले जानकारि गराउँनु भएको थियो । कार्यक्रममा खोपको मात्रा ०.५ मि. लि. हुनुपर्दछ । खोलेको भायल ६ घण्टासम्म लगाइसक्नु पर्ने र सो अवधिमा नलगाए उक्त भायल लगाउन नहुने लगाएतको विषयमा जानकारि गराईएको छ ।
ज्यानै जाने जान सक्ने सरुवा रोगहरू मध्य टाइफाइड पनि एक हो ।

यो रोग साल्मोनोला टाइफी नामक ब्याक्टेरियाको कारण हुने गर्दछ । प्रदुषित पानी तथा दुषित खानेकुराको  सेवनले टाइफाइड रोग निम्त्याउँछ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, बान्ता हुनु, पेट दुख्नु, शरीर कमजोर भएको महसुस हुनु आदि टाइफाइडको लक्षण हुन् । बासी सडे गलेको खाने कुरा नखाने, सफा र स्वच्छ पानीको प्रयोग, सरसफाइ, साबुन पानीले हातधुने र टाइफाइड लागेको व्यक्तिसँग लसपस नगर्ने आदि कुरामा ध्यान दिन सके यो रोगवाट वच्न सकिन्छ ।
पालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेको अतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला खड्का के.सी, पालिका भित्रका वडा अध्यक्ष, राजनितिक दल , संचारकर्मी लगाएत सरोकारवाला व्यक्तिको उपस्थिति रहेको थियो ।

3 वर्ष पहिले    380 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology