• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष प्रोण प्रताप के.सी. र उपाध्यक्ष सृजना खड्का सुवेदीले आ-आफ्नो पदभार ग्रहण

  • 3 वर्ष पहिले

दिपक बस्नेत
जेष्ठ ९, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष प्रोण प्रताप के.सी. र उपाध्यक्ष सृजना खड्का सुवेदीले आ-आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
पालिकामा पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष उपाध्यक्षले एक सामाजिक कार्यमार्फत कार्य थालनि गर्नुभएको गाउँपालिकाका सूचना शाखा प्रमुख पवन राज फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाको वडा नम्बर ५ सहरेमा एक अशक्त महिलाबाट जन्मेकी अनाथ बालिका सम्पदालाई रु. ५००० सहयोग गर्नुभएको हो । बालिकालाई आवाज नेपालका अध्यक्ष श्रृजना कार्कीले लालन पालन गर्नु भएको छ ।  
यस्तै अध्यक्ष उपाध्यक्षसँगै पालिका भित्रका वडाहरुमा पनि नवनिर्वाचित वडा अध्यक्षहरुले पदभार ग्रहण गर्नु भएको हो । तामाकोशी गाउँपालिका भित्र ७ वटा वडा रहेका छन् । पालिका भित्रका वडाहरुमा वडा नम्वर एक भिरकोटमा अध्यक्ष बसन्त थापा, २ नम्बर वडा झुलेमा ईश्वर राज कार्की, वडा नम्बर ३ जफेमा रामप्रसाद काफ्ले, वडा नम्वर ४ मालुमा नारायण खड्का, वडा नम्बर ५ सहरेमा शम्भु फुँयाल, वडा नम्वर ६ च्यामामा कृष्ण प्रसाद फुयाल, वडा नम्वर ७ हाँवामा खुश बहादुर सुनुवार निर्वाचित भएका छन् ।  

3 वर्ष पहिले    758 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology