• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिकामा स्थानीय तह लैससास रणनीति निर्माण सम्वन्धि एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न

  • 3 वर्ष पहिले

दिपक बस्नेत
जेष्ठ २३, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा स्थानीय तह लैससास रणनीति निर्माण सम्वन्धि एक दिवसीय कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप के.सीको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीको उद्घाटन उपाध्यक्ष सृजना सुवेदीले व्यनार पढेर गर्नु भएको थियो ।
गोष्ठीमा लैङ्गिक समता र समानता, सामाजिक भूमिका निर्धारणका कारणले भएका असमनताहरु, लैङ्गिक भूमिका तथा कामको मुल्य र सामाजिक प्रतिष्ठा, लैंगिक समानता अवस्था , नेपालमा विभेदका आयामहरु, लैङ्गिक समानता तथा समाजिक सामावेशीकरण रणनीति तयारी, दीर्घकालिन सोच, सरोकारवाला तथा लक्षित वर्ग विश्लेषण , लक्षित वर्ग पहिचान जस्ता विषयहरु समावेस गरिएको थियो ।
गोष्ठीमा पालिकाका जनप्रतिनिधि, विषयगत कर्मचारीको उपस्थिति रहेको थियो । प्रदेश सरकार मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलय प्रदेश सुशासन केन्द्र वागमती प्रदेश र तामाकोशी गाउँपालिकाको संयुक्त ओयोजनामा भएको कार्यक्रममा स्वतन्त्र विज्ञ शारदा खनाल घिमिरे र दुर्गाप्रसाद दाहालले सहजीकरण गर्नु भएको थियो ।

3 वर्ष पहिले    508 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology