• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

लोकतन्त्र र संघीयता रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह : सहमहामन्त्री यादव

  • 3 वर्ष पहिले

जनकपुरधाम । नेपाली काँग्रेसका सहमहामन्त्री एवम पुर्व खानेपानी मन्त्री महेन्द्र यादवले संविधान र गणतन्त्र रक्षाका लागि राजनीतिक दलहरूबीच मिल्नुपर्ने आवश्यकता र अपरिहार्यता रहेको बताउनु भएको छ । उहाँले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभएको छ ।
बुधवार धनुषा निर्वाचन क्षेत्र नं.४(१)को जनकपुरधाम उपमहानगरपालिकाको वडा नं २१ कुर्थाको घरदैलो कार्यक्रममा गठबन्धनको उम्मेदवारको पक्षमा मत माँग्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेपाली काँग्रेसबाट धनुषा निर्वाचन क्षेत्र नंं. ४(१) वाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका शेषनारायण यादवले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताउँदै संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न अपील गर्नुभयो । उहाँले नेपाली काँग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले लोकतन्त्र र संघीयता संस्थागत गर्न सक्ने भएकोले गठबन्धनको उम्मेदवारलाई बिजयी बनाउन आग्रह गर्नु भयो ।
नेपाली काँग्रेस जनकपुरधाम उपमहानगर–पालिकाको वडा नं २१ को सभापतिको अगुवाईमा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 
 

3 वर्ष पहिले    113 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology