• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

चार्टर्ड उडान अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै

  • 3 वर्ष पहिले

काठमाडौं । अबदेखि चार्टर्ड उडान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडानमा प्रतिबन्ध गरेको छ । योसँगै चार्टर्ड उडान भैरहवाबाट मात्रै हुने भएको हो ।प्राधिकरणका अनुसार कूटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछ । प्राधिकरणले आइतबारदेखि लागू गरेको हिउँदे उडान तालिकाअनुसार चार्टर्ड उडानसँगै काठमाडौंबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाट हुनेछ ।गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण प्रयोगमा ल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका सबै चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको हो । अहिले गौतमबुद्ध विमानस्थलमा जजिरा एअरलाइन्सले मात्र हप्ताको तीन उडान गरिरहेको छ ।साभार : नेपाल प्रेस

3 वर्ष पहिले    93 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology