• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

टी-२० विश्वकप : इङ्गल्यान्ड सेमिफाइनल प्रवेश, साबिक विजेता अष्ट्रेलिया बाहिरियो

  • 3 वर्ष पहिले

काठमाडौं । श्रीलङ्कालाई पराजित गर्दै इङ्गल्यान्ड आईसीसी टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। अन्तिम दुई बल बाँकी रहँदा ४ विकेटको जित निकाल्दै इङ्गल्यान्ड सेमिफाइनल पुग्न सफल भएको हो ।यो ग्रुपबाट साबिक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।१९ ओभर ४ बल खेलेर इङ्गल्यान्डले १४२ रनको लक्ष्य भेटाएको थियो । इङ्गल्यान्डका लागि एलेक्स हालेसले ४७ रन बनाए । बेन स्टोक्सले ४२ रनमा अविजित रहे ।श्रीलंकाका लाहिरु कुमार, धनन्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले २/२ विकेट लिए ।टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निसन्काले ६७ रनको अर्धशतकीय इनिङ खेले । इङ्गल्यान्डका मार्क उडले ३ विकेट लिए । साभार : नेपाल प्रेस

3 वर्ष पहिले    124 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology