• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

प्रकाशमानको आग्रह- यसपटक कांग्रेसलाई बलियो बनाउनुस्

  • 3 वर्ष पहिले

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका छन् ।काठमाडौं- १ का उम्मेदवारसमेत रहेका सिंहले संविधानको कार्यान्वन नहुँदै संघीयता, गणतन्त्र धर्मनिरपेक्षताजस्ता परिवर्तनविरुद्ध गतिविधि गरी देशलाई पुन: अस्थिरतातर्फ लैजान खोजेको टिप्पणी गरे ।`के हामी सधैँ राजनीतिक अस्थिरतामा बस्ने ? अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने हो,´ सिंहले भने ।जनजीविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अबको प्राथमकिता भएको उनको भनाइ थियो ।`कांग्रेस कमजोर हुँदा पहिलो संविधानसभा असफल भयो । जनताले दोस्रो पटक कांग्रेसलाई बलियो बनाएपछि संविधान बन्यो ´,उनले भने, `संविधान आएपछिको पहिलो आम चुनावमा कांग्रेस कमजोर बन्दा संविधानको कार्यान्वयन हुन सकेन । यसपटक कांग्रेस बलियो बनाउनुस् । संविधानको पूर्ण कार्यान्वयन गर्नेछौं । गाउँमा सिंहदरबार नारामा होइन व्यवहारमा पुर्‍याउनेछौं ।´साभार : नेपाल प्रेस

3 वर्ष पहिले    106 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology