• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

भ्रमणमा शुक्रबार काठमाडौं आउँदै

  • 3 वर्ष पहिले

काठमाडौँ । चिनियाँ उपविदेशमन्त्री ली चुन नेपाल भ्रमणमा आउन थालेका छन् । राष्ट्रिय साँस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन ५ दिने नेपाल भ्रमणमा शुक्रबार नेपाल आउन लागेका हुन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार उपमन्त्री ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नका लागि आउन लागेका हुन् ।यद्यपि नेपाली पक्षबाट भने उनको भ्रमणका बारेमा औपचारिक जानकारी गराइएको छैन । परराष्ट्र मन्त्रालय स्रोतले भने उनी शुक्रबार आइपुग्ने पुष्टि गरेको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासलाई उपमन्त्री लीको भ्रमण चुनावपछि गराउन सुझाव दिए पनि चिनियाँ पक्षले निजी भ्रमण साँस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने भन्दै भ्रमण तय गरेको हो ।साभार : कान्तिपुर

3 वर्ष पहिले    101 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology