• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

धनुषाका मतदान तथा सहायक मतदान अधिकृतहरूको प्रशिक्षण सम्पन्न

  • 3 वर्ष पहिले

जनकपुरधाम । धनुषा जिल्लामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको प्रशिक्षण आज सम्पन्न भएको छ ।

धनुषाका ६ सय ५ मतदान केन्द्रमा खटिने मतदान तथा सहायक मतदान अधिकृत गरी कूल १ हजार २ सय १० जनालाई प्रशिक्षण दिइएको हो ।प्रशिक्षणपछि सहायक कर्मचारीहरूको नामावली प्रकाशित गरी परिचालन गरिने तयारी रहेको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो ।गत कार्तिक २३ गते बुधवारबाट शुरु भएको प्रशिक्षण आज सकिएको हो ।धनुषाका प्रमुख जिल्ला अधिकृत सुरेन्द्र पौडेलले शान्ति सुरक्षाको सम्पूर्ण तयारी सम्पन्न भएकाले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूले सफलतापूर्वक चुनाव गराउने विश्वास व्यक्त गर्नुभयो ।साभार : रेडियो नेपाल

3 वर्ष पहिले    118 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology