• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्दै

  • 3 वर्ष पहिले

आईसीसी टी– २० विश्वकप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र इंग्ल्याण्ड भिड्दैछन् । अष्ट्रेलियामा जारी प्रतियोगिताको फाइनल  मेलवर्न क्रिकेट ग्राउण्डमा सुरु हुनेछ ।  मैदान उत्रदैगर्दा दुबै टोली उपाधि घर लैजाने दाउमा हुनेछन् ।पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर उपाधि नजिक पुगेको हो । दुवै पूर्व विजेता हुन् । यी दुई टोलीले तेस्रो पटक टी– २० विश्वकप फाइनल खेल्दैछन् । यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक–एक पटक उपाधि जित्दा एक–एक पटक फाइनलमा पराजित भएका छन् ।  अहिलेसम्म ७ पटक टी– २० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसँगै भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् । साभार : कोसी अनलाइन

3 वर्ष पहिले    94 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology