• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

साउथ अभिनेता विजय देवरकोन्डाको घोषणा, आफ्नो सबै अंग दान गर्ने

  • 3 वर्ष पहिले

काठमाडौँ। साउथ अभिनेता विजय देवरकोन्डाले आफ्नो सबै अङ्ग दान गर्ने घोषणा गरेका छन्। अभिनेता देवरकोन्डा एक मेडिकल कार्यक्रममा अङ्ग दान गर्ने कुरा गर्दै मानिसहरूलाई त्यसै गर्न प्रेरित गरे।सबैभन्दा महत्त्वपूर्ण कुरा विजय देवरकोंडाको आमाले पनि यो महान कार्य गर्ने निर्णय गरेकी छिन्। मानिसहरूलाई अंग दान गर्न उत्प्रेरित गर्दै अभिनेता देवरकोन्डाले कार्यक्रममा भने-‘मलाई लाग्छ म मेरा सबै अंग दान गर्छु । म गएपछि कसैको अंश बन्न र तिनीहरूलाई मद्दत गर्न चाहन्छु। आफ्नो अंग खेर फाल्नुको औचित्य बुझिन। म फिट रहन्छु र आफूलाई स्वस्थ राख्छु।अभिनेताले थप भने- म र मेरी आमाले हाम्रो अंग दान गर्न दर्ता गरेका छौं। यो एक धेरै सुन्दर चीज हो, जसबाट तपाईं कुनै न कुनै रूपमा बाँच्न सक्नुहुन्छ।विजय देवरकोन्डाले थप भने, ‘डाक्टरले मलाई भनेको छ कि धेरै जस्तो शल्यक्रिया डोनरको कारणले मात्र हुन सक्छ, यसमा विश्वास गर्न गाह्रो छ कि यहि धेरै मानिसले अङ्ग दान गरेर अरूलाई मद्दत गरिरहेका छन्। यो धेरै राम्रो कुरा हो।’यस पहलका लागि फ्यानहरू विजय देवराकोन्डाको तारिफ गर्दा थाकेका छैनन्। फ्यानहरूले विजय देवरकोंडालाई रियल लाइफ हिरो भनेका छन् । एक प्रयोगकर्ताले भने- तिम्रो मन धेरै ठूलो छ। अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईको इज्जत झनै बढेको छ । एक प्रयोगकर्ताले लेखेका छन्– तपाई साँच्चै प्रेरणा हुनुहुन्छ।साभार : डिसी नेपाल

3 वर्ष पहिले    128 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology