• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

काठमाडौं-४ मा गगन थापाको ह्याट्रिक जित

  • 3 वर्ष पहिले

काठमाडौं । काठमाडौं– ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टरार्ईलाई भारती मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् ।अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । खसेको मत ४८ हजार ८५९ मत हो । अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ । यसर्थ अबको गणनामा कुनै मत नआए पनि गगन विजयी हुनेछन् ।अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ भोट ल्याएका छन् भने एमालेका भट्टराईको १३ हजार ३२ भोट छ । यस्तै राप्रपाले ३ हजार ६ सय ९३ र लौरोको ११ सय ३३ भोट आएको छ । गगनले विजयको औपचारिक घोषणाका लागि केही समय प्रतिक्षा गर्नुपर्ने छ ।काठमाडौं–४ गगनले निरन्तर चुनाव जित्दै आएको क्षेत्र हो । अघिल्लो चुनावमा पनि उनले एमालेका भट्टराईलाई नै हराएर विजयी भएका थिए ।साभार : नेपाल प्रेस

3 वर्ष पहिले    124 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology