• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

  • 4 वर्ष पहिले

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

प्रचण्डको पारिवारिक स्रोतका अनुसार सीतालाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बतायो । यद्यपि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन छैन ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।

गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो । हालै उनका छोरीहरुले सामाजिक सन्जालमा पोष्ट गरेको एउटा तस्वीरमा सीताको स्वास्थ्य थप बिग्रिदै गएको जस्तो देखिन्थ्यो ।

4 वर्ष पहिले    679 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology