• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सप्तरीबाट मधेस प्रदेशमा सीके राउतको पार्टीको विजयी सुरूवात, प्रदेश मन्त्री पराजित

  • 3 वर्ष पहिले

जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् ।सुरूदेखि नै अग्रता कायम राखेका सिंहले १४ हजार ३२२ मत पाएका छन् । उनलाई पछ्याइरहेका जसपाका शैलेन्द्र साह ६ हजार ७४९ मतले पछ्याइरहेका छन् ।यहाँ कुल ३४ हजार ६७८ मत खसेको थियो । अब करिब ६ हजार मतमात्र गन्न बाँकी छ । सिंह प्रतिस्पर्धी साहभन्दा ७ हजार ५७३ मतले अगाडि देखिएकाले जित्ने निश्चित छ ।पराजित हुने अवस्थामा पुगेका साह मधेश प्रदेशका अर्थमन्त्री हुन् । उनी यही क्षेत्रबाट ०७४ मा विजयी भएका थिए ।

को हुन् सतिश ?

सतिश संसदीय निर्वाचन निजकिएपछि जनमतमा प्रवेश गरेका थिए । उनी तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् । तत्कालीन राजपाबाट उनी अध्यक्षमा विजयी भएका थिए ।वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी लोसपाबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेपनि पराजित भएका थिए ।

3 वर्ष पहिले    111 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology