लालबाबु राउत पुनः प्रदेशसभामा निर्वाचित
पोखरिया । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो ।उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुई सय १२ मत पाउनुभयो ।साभार : गोरखापत्र
4 वर्ष पहिले
  
168 Post Views