• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सप्तरी १ (क) मा एमालेका राजकुमार लेखी निर्वाचित

  • 3 वर्ष पहिले

काठमाडौं । नेकपा (एमाले) का नेता राजकुमार लेखी सप्तरी १ (क) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार २९१ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शवनन्द मेहताले ९ हजार ९३ मत ल्याएर पराजित हुनुभयो । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार रहनुभएका बेचनप्रसाद चौधरीले ७ हजार ५७२ मत ल्याउनुभयो । नेता लेखी थारु कल्याणकारिणी सभा (थाकस) को महामन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका लेखीले गठबन्धन दलका उम्मेदवारलाई पराजित गरी निर्वाचित हुनुभयो । साभार : गोरखापत्र

3 वर्ष पहिले    86 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology