• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

दलित समाज उत्थान समितिले गरे यौनजन्य हिँसा विरुद्ध अभिमुखिकरण 

  • 3 वर्ष पहिले

बटुकनाथ झा,मंसिर ९ गते जनकपुरधाम ।१६ दिने महिला हिँसा विरुद्धको अभियानको क्रममा दलित समाज उत्थान समिति नेपाल महोत्तरीले जलेश्वर नगरपालिकामा महिला बिरुद्ध हुने यौँजन्य हिँसाको बारेमा अभिमुखिकरण गरेका छन् । महिला भएकै कारण यौँनजन्य हिँसा सहन बाध्य भएकाहरुलाई यसको विरुद्धमा सशक्त हुन सो नगरपालिकाका उपप्रमुख रौशन खातुन सहित न्ययिक समितिका पदाधिकारी तथा कर्मचारीहरुलाई अभिमुखिकरण गरिएको छ । महिला विरुद्धको यौनजन्य हिँसा भएमा यस्तो घटनालाई मेलमिलाप मार्फत समाधान नगरी पिरकलाई कानुन अनुसारको सजाय र पिडितलाई संरक्षण गर्न न्ययिक समितिले निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा सहभागीहरुलाई जानकारी दिइएको थियो । सेवाग्राहीलाई न्यायमा पहूँच अभिबृद्धि गर्ने उद्देश्यका दलित समाज उत्थान समिति नेपालको आयोजनामा संस्थागत सुधार परियोजना मार्फत न्यायमा पहुँच अभिबृद्धि गर्नका लागि कानुनी सचेतना, कानुनी सहायता र आउटरिच गतिविधिहरुको कार्यान्वयन ए टु जे परियोजना अन्तरगत सहभागीहरुलाइ परियोजनाका कार्यक्रम संयोजक डा. मनोज कुमार सर्राफले जानकारी गराउनु भएको थियो । सहभागीहरुलाई महिला माथि हुने यौनजन्य हिँसाका प्रकार,यौन हिँसा पिडीत महिलाले न्याय पाउन नसक्नुका कमि कमजोरी,महिला बिरुद्ध हुने भेदभाव र हिँसा सम्बन्धमा अन्तराष्ट्रिय प्रयासका विषयमा जानकारी लगायतका विषयमा जानकारी गराउनु भएको थियो । सहभागीहरुलाई संस्थाका दातृनिकाय यूएनडिपीका कानुनी साहायतामा पहुँच अधिकारी उर्मिला रोक्काले महिला विरुद्ध हुने यौन हिँसाका घटनामा कमि ल्याउन तथा भएको घटनाका पिडितलाई कानुनी कारबाहीका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराउनु भयो । यो परियोजना अन्तरगत दलित समाज उत्थान समिति नेपालले न्यायिक समितिको कामबाट सेवाग्रहीमा परेको प्रभाव तथा कानुनी सचेतना,न्याय , कानुन तथा सुरक्षा सम्बन्धी आम नागरिकको जनचेतना विकासका क्षेत्रमा काम गरिरहेको परियोजनाका कार्यक्रम संयोजक सर्राफले जानकारी दिनुभयो । महोत्तरीको जलेश्वर नगरपालिका,लोहारपट्टी नगरपालिका, धनुषाको हंसपुर नगरपालिका, धनौजी गाउँपालिकामा कार्यक्रम संचालनमा छ ।

3 वर्ष पहिले    136 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology