• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

महोत्तरी ३ मा लोसपाका अध्यक्ष ठाकुर विजयी

  • 3 वर्ष पहिले

जलेश्वर । महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार लोसपा अध्यक्ष ठाकुर आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई दुई हजार पचास मतान्तरले निर्वाचित हुनुभएको हो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका अध्यक्ष ठाकुर १६ हजार ३७५ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको सुरुवाती चरणमा स्वतन्त्र उम्मेदवार रामआधार कापर अग्रस्थानमा रहे पनि अन्तिम परिणाम आउँदासम्म उहाँ १२ हजार ७३३ मत ल्याएर तेस्रो स्थानमा खुम्चिनुभयो ।  यसअघि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा अध्यक्ष ठाकुर सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।साभार : गोरखापत्र

3 वर्ष पहिले    90 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology