• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

श्रीमती र भाइ मिलेर हत्या

  • 4 वर्ष पहिले

१८ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमती र भाइ मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । शनिबार बिहान २ बजेर ३० मिनेटतिर शम्भु उनकी २३ बर्षीया पत्नी सुशिलादेवी, भाइहरु अनिल मण्डल र जय मण्डलबीच घरायसी विवाद भएको र त्यहीँ क्रममा तीनै जना मिलेर उनको धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको मिश्रले बताए ।

लाठीसहित घरेलु हतियारले प्रहार गर्दा शम्भुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घट्नापछि तीनै जना फरार भएका छन् । उनीहरुको खोजी गर्दै थप अनुसन्धान श्ुरु गरिएको प्रहरी प्रवक्ता मिश्रले बताए ।

4 वर्ष पहिले    886 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology