• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

अल्पसंख्यक किसान जातिका अनौठा खानेकुरा

  • 5 वर्ष पहिले

किसान जाति सुदूर पूर्वी भेग झापाको मेची नगरपालिका क्षेत्रमा बसोबास गर्ने एक जाति हो । उक्त नगरपालिकाको पशुपति गाउँ, सतीघट्टा, खुटीडागी जस्ता क्षेत्रमा मात्रै बसोबास गर्ने यो जातिलाई सतार, राजवंशी, धिमाल र मेचे जातिकै समूहमा राखेर आदिवासीको रुपमा मानिन्छ । तर डोरबहादुर विष्टले लेखेको पिपुल अफ नेपालमा भने किसान जातिको बारेमा उल्लेख गरिएको छैन ।

किसान जातिको नेपालमा बसोबास कहिलेदेखि भयो भन्ने बारेमा यकिन जानकारी प्राप्त भएको छैन । एम.एको भिलेज प्रोफाइल तयार पार्ने क्रममा कुल बहादुर बिष्टले यो जातिलाई भारतको पश्चिम बंगालमा अँग्रेजहरुले चिया खेतीको विकास गरेपछि चिया बगानका काममा लगाउन राँचीबाट ल्याएको जाति हो भन्ने उल्लेख प्राचीन नेपालमा केशवप्रसाद अधिकारीले प्रकाशित गरेका छन् । राँचीबाट बेलाबलामा उनीहरुलाई भेट्न त्यहाँका एमएलए समेत आउने गरेको प्राचीन नेपालमा प्रकाशित उक्त अनुसन्धानमूलक आलेखमा उल्लेख छ ।

 

5 वर्ष पहिले    914 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology