• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

विवाहपंचमी महोत्सवलाई ध्यानमा राखी जनकपुरधाम उपमहानगरपालिकाद्वारा भव्य पंडाल निर्माण

  • 3 वर्ष पहिले

जनकपुरधाम । विवाहपंचमी महोत्सवलाई ध्यानमा राखी जनकपुरधाम उपमहानगरपालिकाले भव्य पंडाल निर्माण गरेको छ । उपमहानगरपालिकाले नगरको रंगभुमि मैदानमा श्रद्धालुहरुको विश्रामको लागि १ हजार वर्ग फिटको पंडाल निर्माण गरेको छ । उपमहानगरपालिकाले यात्रुहरुको लागि १ सय २० वटा अस्थायी शौचालय निर्माण गरेको छ । नगरको चार स्थानमा यात्रुहरुलाई स्वागत द्धार निर्माण गरेको छ भने नगरकको पांच स्थानमा स्वास्थ्य शिविर संचालन गरेको छ । यात्रीहरुको लागि उपमहानगरपालिकाले शुद्ध पिउने पानी स्टल दुई स्थानमा संचालन गरेको छ । लामखुटटे नियन्त्रणका लागि औषधी धमाधाम छर्किने कार्य भईरहेको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ । यता, उपमहानगरपालिकाले बाजा गाजा सहितको झाँकी प्रस्तुत गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जानकारी दिएका छन ।

3 वर्ष पहिले    145 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology