• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित, नेकपा एसलाई मुस्किल

  • 3 वर्ष पहिले

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । ९६ लाख ४७ हजार ४१० मत गन्दा जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो ।पछिल्लो मतपरिणामअनुसार २६ लाख ७ हजार ४७२ मत ल्याएर नेकपा एमालेले अग्रता कायमै राखेको छ । २४ लाख ७० हजार २३४ ल्याएर कांग्रेसले पछ्याइरहेको छ ।तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ७९ हजार ९४, पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ५४ हजार ७५७ र छैटौं स्थानमा रहेको जसपाको ३ लाख ६७ हजार ७६० मत रहेको छ ।यस्तै, आठौं स्थानमा रहेको जनमत पार्टीले थ्रेसहोल्ड कटाउँदै गर्दा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई धौधौ परेको छ । नेकपा एसले २ लाख ६८ हजार ४७९ मत ल्याएको छ।प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्न हम्मेहम्मे गरेको छ । प्रत्यक्षतर्फ कम्तीमा एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाएपछि मात्रै राष्ट्रिय दल बन पाउने कानूनी व्यवस्था छ ।यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५६१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३८ हजार ६९८ मत ल्याएको छ ।साभार : नेपाल प्रेस

 

3 वर्ष पहिले    100 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology