• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जानकी मन्दिरमा २६ जोडीको सामूहिक विवाह

  • 3 वर्ष पहिले

जनकपुरधाम । विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर प्राङ्गणमा २६ जोडी युवा युवतीको सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दू परिषद् नेपालले विगत चार वर्षदेखि विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा सामूहिक विवाह गर्दै आएको छ ।यसवर्ष २६ जोडी युवायुवतीको एकै समारोहमा सामूहिक विवाह सम्पन्न भएको हो । परिषद्ले यस वर्ष पनि विवाहपञ्चमीको अवसर पारेर माता सिता र भगवान रामको प्रतीकात्मक विवाह भएको मण्डप जानकी मन्दिर प्राङ्गणमा मङ्गलबार विभिन्न जातजातिका २६ जोडी वरवधूको सामूहिक विवाह सम्पन्न गराएको छ । जनकपुरधामलाई वैवाहिक गन्तब्यका रुपमा विकास र प्रचारप्रसार गर्न विवाहपञ्चमीको अवसरमा विगत चारवर्ष देखि भइरहेको सामूहिक विवाहलाई निरन्तरता दिँदै परिषदले यस वर्ष पनि २६ जोडीको सामूहिक विवाह गराएको आयोजकले जनाएको छ । जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा चिनाउन, पर्यटन प्रवर्धन गर्न, दहेज उन्मूलनसहितको समाज निर्माण गर्ने यस सामूहिक विवाहको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।जनकपुरधामका स्थानीयबाट सहयोग स्वरुप सङ्कलन गरिएका मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मङ्गलसूत्र, एकसरो लत्ताकपडासहितको व्यवस्थापन आयोजकले नै गर्ने विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्रकुमारले बताउनुभयो  । गरिव विपन्नहरुको विवाह पनि धार्मिक, समाजिक  अनुसार नै हुने भएकोले विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने तथा यस सामूहिक विवाहले समाजमा भाइचाराको विकास हुने आयोजकको भनाइ छ ।  गत वर्ष एकै समारोहमा २२ जोडिको विवाह सम्पन्न भएको थियो । साभार : गोरखापत्र

3 वर्ष पहिले    101 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology