• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने

  • 3 वर्ष पहिले

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस प्रदान गर्ने भएको छ । केन्द्रको वार्षिक कार्यक्रम अनुसार अनुदान प्रदान कार्यक्रम भएकाले त्यसका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।   त्यसका लागि उनीहरूले स्थानीय तह र शिक्षा विकास तथा समन्वय ईकाईको सिफारिसमा १५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्नेछ । 

दुई वा दुई भन्दा बढी विद्यालय समायोजन भई बनेका विद्यालयमा कम्तीमा तराईमा १८००, पहाडमा १२०० र हिमालमा ६०० विद्यार्थी भएका विद्यालयलाई बस प्रदान गरिने केन्द्रले जनाएको छ ।  प्रस्ताव पेश गर्ने विद्यालयहरूको लागि विभिन्न आधार तोकिएको छ । सामुदायिक विद्यालयको रूपमा अनुमति वा स्वीकृति प्राप्त गरी नियमित रूपमा कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय हुनुपर्नेछ । विद्यालयमा नियमानुसार विद्यालय व्यवस्थापन समिति गठन भएको हुनुपर्नेछ । 

त्यस्तै शैक्षिक सत्र २०७७/०७८ वा शैक्षिक सत्र २०७९ मा दुई वा सोभन्दा बढी विद्यालयहरू एक आपसमा समायोजन वा मर्ज भएको हुनुपर्नेछ । विद्यालयमा बाह्रै महिना सजिलोसँग आवतजावत गर्न मिल्ने भरपर्दो बाटो भएको हुनुपर्नेछ । बस सञ्चालनका लागि फ्युल, मर्मत तथा चालक र सहचालकको खर्च विद्यालय आफैंले वा स्थानीय तहले व्यहोर्ने प्रतिबद्धता हुनुपर्नेछ ।साभार : रातोपाटी

3 वर्ष पहिले    242 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology