• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश

  • 3 वर्ष पहिले

काठमाडौं । उपाधि दाबेदार टोली अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइल खेलमा साविक उपबिजेता क्रोएसियालाई ३–० गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।अर्जेन्टिनालाई उपाधि नजिक पुर्याउन कप्तान लियोनल मेस्सीले एक गोल गर्दै उत्कृष्ट भूमिका निर्वाह गरे ।  मेस्सीले १ गाेल गर्दा  जुलियन अल्भारेजले २ गोल गरे । दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले २–० गोलको अग्रता बनाएको थियो । खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जसमा मेस्सीले सदुपयोग गरे । खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा उनले व्यक्तीगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे ।उपाधिका लागि अर्जेन्टिनाले माेरक्काे र फ्रान्सबीचकाे बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।साभार : कोसी अनलाइन

3 वर्ष पहिले    128 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology