• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

'स्वास्थ्य मन्त्रालयले 'हामी सक्दैनौँ' भनेर हात उठाउनु र महामारी प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु आपत्तिजनक'

  • 4 वर्ष पहिले

काठमाडौँ — कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना संक्रमणले भयावह रूप लिँदा पनि महामारी प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएको बताएका छन् ।

शनिबार बिहान ट्वीट गर्दै थापाले कोरोना संक्रमणको भयावह अवस्था सरकार एक्लैले सामना गर्न नसक्ने भए पनि स्वास्थ्य मन्त्रालयले 'हामी सक्दैनौँ' भनेर हात उठाउनु र प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपर्नु आपत्तिजन भएको बताएका हुन् । उनले कोरोना रोकथाम र नियन्त्रणमा सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्ने पनि बताएका छन् ।

थापाले लेखेका छन्, ' कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ। तर प्रधानमन्त्रीज्यू यो लडाइँमा'हामी सक्दैनौँ´भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ! आपत्तिजनक छ ! कठिन छ,तर अझै हामीसँग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ। त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। प्रधानमन्त्रीज्यू,हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस।'

4 वर्ष पहिले    853 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology