• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई बिदा बस्न मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य

  • 3 वर्ष पहिले

काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारीले पूर्व स्वीकृति लिएर मात्रै बिदामा बस्नुपर्ने भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै मन्त्रालयबाट बिदा स्वीकृत गराएर मात्रै बिदा बस्न निर्देशन दिएको हो ।मन्त्रालयले जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिना जानकारी बिदामा बस्दा सेवा प्रवाहमा समस्या देखिएको गुनासो आएपछि यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव रुद्रसिंह तामाङले नेपाल प्रेसलाई जानकारी दिए ।उनका अनुसार स्थानीय तहका प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी बिना जानकारी कार्यक्षेत्र छोडेर हिँड्दा सेवा प्रवाहमा असर परेको गुनासो मन्त्रालयमा आएको छ ।मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै अबदेखि मन्त्रालयको पूर्व स्वीकृति बिना जिल्ला र कार्यक्षेत्र नछाड्न भनेको हो ।साभार : नेपाल प्रेस

 

sharethis sharing button

 

3 वर्ष पहिले    111 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology