• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिमा हाल सम्म ५५ जना कोरोना संक्रमित भेटिए

  • 4 वर्ष पहिले

दिपक बस्नेत

बैशाख ३०, तामाकोशी ।

तामाकोशी गाउँपालिकामा आज एकैदिन ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्म पालिका भित्र ५५ जनामा कोरोना पोजेटिभ देखिएको पालिकाले जनाएको हो ।
तामाकोशी गाउँपालिकामा हाल सम्म वडा नम्वर १ भिरकोटमा ४ जना, वडा नम्वर २ झूलेमा ३ जना, वडा नम्वर ३ जफेमा ५ जना, वडा नम्वर ४ मालूमा २ जना, वडा नम्वर ५ सहरेमा २७ जना, वडा नम्वर ६ च्याँमामा ७ जना, वडा नम्वर ७ हाँवामा ७ संक्रमित फेला परेको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारि दिनु भयो ।


तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूमा रहेको कोभिड अस्पतालमा ३ जना उपचारत रहेका छन् । एकजना धुलिखेल अस्पतामा उपचारत रहनुभएको छ । अरु सवै संक्रिमित होम आइसोलेसनमा हुनुहुन्छ । स्वास्थ्य संयोजक मिश्रका अनुसार आज नै सवै संक्रमितको घर घरमा पुगेर आवश्य परामर्श र औशधी तिरण गरिएको छ ।

गाउँपालिका भित्रका सम्पुर्ण नागरिकलाइ घरभित्रै बस्न र स्वास्थ्य सावधानी अपनाउन समेत संयोजक मिश्रले आग्रह गर्नभएको छ । गाउँपालिका – ५ शहरेमा आज मात्र नै २५ जनामा पोजिटिभ देखिए सगै सबैजनालाई बिशेष सतर्क रहन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

4 वर्ष पहिले    950 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology