• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सांसदको सपथ लिएसँगै सिके राउतको एक्सन, काटे पाँच निकायलाई पत्र

  • 3 वर्ष पहिले

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै शिक्षा, स्वास्थ्य, कृषि लगायतका समस्या समाधान गर्न पाँच निकायलाई पत्र काटेका छन् ।

सप्तरी २ बाट निर्वाचित डा. राउतले सप्तरीमा साक्षरता कार्यक्रम संचालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई, सगरमाथा अञ्चल अस्पतालको सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र राजविराजमा हवाई उडान बढाउन र नियमित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र काटेका हुन् ।

यस्तै, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई प्रभावकारी तरीकाले सुचारू गर्न उद्योग तथा वाणिज्य मन्त्रालयलाई र किसानको लागि थप मलखाद उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडलाई पनि सांसद राउतले पत्र काटेको उनको सचिवालय फेसबुक पेजमा उल्लेख छ ।

उनले जनताको माग पुरा गराउन सडक, सदन र सरकार तीनवटै मोर्चाबाट संघर्ष जारी राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।साभार : नेपाल प्रेस

 

3 वर्ष पहिले    140 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology