• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मंगलपुरमा निःशुल्क दन्त शिविर सम्पन्न

  • 2 वर्ष पहिले

प्रफुल्ल घिमिरे,जनकपुरधाम ११ गते पुस । धनुषाका विभिन्न स्थानमा पटक पटक निःशुल्क दन्त शिविर संचालन गरिसकेका जनकपुरधामका अप्पन डेन्टल चेम्बरले सोमबार क्षिरेश्वरनाथ नगरपालिका ३ मंगलपुर पकडियामा शिविर सम्पन्न गरेका छन् । जगत लाल गिरि प्रतिष्ठानको आयोजना तथा चेम्वर्सको सहयोगमा भएको सो निःशुलक शिविरमा एक सय ७० जनाको दाँतको परिक्षण गरिएको चेम्वर्सका संचालक डा. अजय शाहले जानकारी दिनुभयो । प्रतिष्ठानका महासचिव अंजय गिरिको विशेष उपस्थितीमा भएको सो शिविरमा सहभागी विरामीहरु मध्ये ५० जनाको दाँत निकालिएको थियो भने विरामीहरुलाई औषधी समेत वितरण गरिएको थियो । शिविरमा डा. शाहका साथै डा. सुमन कर्ण एचए रवि महतो, दिनेश साह, सलामत नदाफ कुन्दन, चन्दन , राहल लगायतले विरामीको दन्त परिक्षण गर्नुभएको थियो । अप्पन डेन्टल चेम्बरले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली लगायतका जिल्लाहरुको दर्जनौ स्थानमा निःशुल्क दन्त शिविर सम्पन्न गरिसकेका छन् ।

2 वर्ष पहिले    134 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology