• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिकामा आज मात्र ३० जना संक्रमित फेला, वडा नम्वर ५ सहरे सिल, जम्मा संक्रमित १०४ पुगे, ४ जना निको, ९५ बेडको क्वरेण्टीन सेन्टर स्थपना ।

  • 4 वर्ष पहिले



दिपक बस्नेत

जेठ ३, तामाकोशी ।

तामाकोशी गाउँपालिकामा कोरोना भाइरस संक्रमित दिन दिनै बढिरहेको छ । समुदायमा त्रास र जोखिम भएको नागरिकको भनाई छ ।
आजमात्र पालिका भित्र ३० जना कोरोना भाइरस संक्रमित फेलापरेका छन् । आज सवै भन्दा बढि पुन पालिकाको वडा नम्वर ५ सहेरमा फेला परेका हुन् । पालिकाले सहरे वडा कार्यलय सिल गरेको तामाकोशी गाउँपालिकाका स्वस्थ्या संयोजक अरुन कुमार मिश्रले जानकारी दिनु भयो । तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रद्धरा हस्ताक्षरित सूचना अनुसारा जेठ ३ गते साँझ ५ बजेबाट जेठ ८ गते साँझ ५ बजे सम्म तामाकोशी गाउँपालिकाको वडा नम्वर ५ सहरे सिल गरिएको जनाइएको छ । हाल सम्म पालिका भित्र १०४ जना कोरोना संक्रमित पुगेका छन् भने ४ जना निको भएका छन् ।
पालिकाले जोखिमलाई मध्येनजर गर्दै पालिका भित्र ९५ बेडको क्वरेन्टीन सेन्टर स्थापना गरेको जनाएको छ । तामाकोशी गाउँपालिका भित्रको वडा नम्वर ३ जफेमा १५ बेड, वडा नम्वर ४ मालूमा १५ वेड, वडा नम्वर २ झुलेमा १५ वेड र अन्य वडामा १० र पालिका कार्यलय परिसरमा १० बेडको क्वरेन्टीन सेन्टर स्थपाना गरिएको छ । पालिकाले अन्य जिल्ला बाहिर र विदेशबाट आउने नागरिकको पिसिआर रिर्पोट नभएको खण्डमा अनिवार्य क्वरेन्टीनमा बस्नु पर्ने जनाएको छ ।

4 वर्ष पहिले    921 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology