• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

फूल और काँटेको रिमेक चाहन्छन् अजय

  • 3 वर्ष पहिले

मुम्बई। बक्सअफिसमा कैयौं हिट फिल्म दिएका अभिनेता अजय देवगनले सन् २०२२ मा ‘दृश्यम २’ जस्तो ब्लकबस्टर फिल्म दिएर बलिउडका सुपरस्टार हुन् भन्ने साबित गरिदिए।रिमेकको यो ट्रेण्डमा अजय अब आफ्नो डेब्यू फिल्म ‘फूल और काँटे’को रिमेक चाहन्छन्। हाल दिन नयाँ फिल्म ‘भोला’को तयारी गरिरहेका छन्।फिल्म ‘दृश्यम २’को प्रमोसन गर्न रेड एफएम पुगेका अजयलाई आरजे मलिष्काले ‘तपाईंको कुन फिल्म रिमेक गर्न चाहनुहुन्छ?’ भनी सोधेकी थिइन्। जवाफमा उनले कसैले उनको सन् १९९१ को फिल्म ‘फूल और काँटे’को रिमेक बनाएको हेर्न चाहेको बताएका थिए।‘यसका लागि मैले केही अभ्यास गर्नुपर्नेछ । खास गरी फिल्मको फाइट सिक्वेन्सका लागि मैले एक डेढ महिना अभ्यास गर्नुपर्छ’, उनले भने। फिल्म ‘फूल और काँटे’मा अभिनेत्री मधु पनि देखिएकी थिइन् । फिल्मको कथा, गीत र एक्सनलाई दर्शकले खुबै मनपराएका थिए।साभार : डिसी नेपाल

3 वर्ष पहिले    119 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology