• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

अनलाइनखबरकर्मी महतोमाथिको धम्कीप्रति पत्रकार महासंघको विरोध

  • 3 वर्ष पहिले

काठमाडौं । अनलाइनखबरकर्मी शैलेन्द्र महतो क्रान्तिलाई धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विरोध जनाएको छ ।समाचार संकलनको लागि मधेश प्रदेश सभामा पुगेका पत्रकार महतोलाई समाचारको विषयलाई लिएर नगरप्रमुख दासले भौतिक कारबाही गर्ने धम्की दिएका थिए ।आइतबार साँझ महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी प्रेस विरोधी कार्यमा संलग्न दासलाई कारबाहीको माग गरेका छन् ।‘सार्वजनिक निकायका प्रमुखजस्तो जिम्मेवार व्यक्तिवाट पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो ।महासंघ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसिद बनाउने यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ’ विज्ञप्तिमा लेखिएको छ ‘प्रेसविरोधी कार्यमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कारवाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग महासंघ माग गर्दछ ।’गत पुस १५ गते नवनिर्वाचित मधेस प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण समारोहको समाचार संकलनका लागि मधेश प्रदेशसभा सचिवालय परिसर पुगेका पत्रकार महतोलाई प्रमुख दासले नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’, मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु भनेर धम्की दिएका छन् ।उक्त घटनाको पत्रकार महासंघ धनुषा शाखा, प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले विरोध जनाएका छन् । आइतबार पत्रकार महासंघ धनुषा शाखाले मेयर दासलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा ज्ञापन पत्रसमेत बुझाएको छ ।महासंघकी अध्यक्ष मनिका झाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र कारबाही प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

3 वर्ष पहिले    135 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology