• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

  • 2 वर्ष पहिले

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) को शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै विज्ञापन आह्वान गरेको थियो । तर, आयोगले माग गरेको भन्दा ६४७ कम शिक्षक सिफारिस भएका छन् । विशेष गरी गणित विज्ञान, गणित, विज्ञान लगायतका विषयमा कोटाभन्दा कम शिक्षक सिफारिस भएका छन् ।  निमावि तहका लागि शिक्षक सिफारिस भएसँगै आयोगले अब प्राथमिक तह (प्रावि) को नतिजा सार्वजनिक गर्नेछ ।  सिफारिस भएका शिक्षकहरूलाई नियुक्ति पत्र लिएर आ–आफ्नो क्षेत्रमा खटाउन थालिएको छ । यसअघि मावि तहको नतिजा प्रकाशित गरेको थियो । मावि तहमा समेत कोटाभन्दा कम सिफारिस भएका थिए । आयोगले यो महिनाको अन्तिमतिरबाट प्रावि तहको नतिजा प्रकाशन गर्नेछ ।साभार : रातोपाटी

2 वर्ष पहिले    203 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology