• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सत्ता गठबन्धनको बैठक बस्दै, प्रदेश सरकारको भागबण्डा टुङ्ग्याउने तयारी

  • 2 वर्ष पहिले

काठमाडौं । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति खोज्न छलफलमा जुटेका छन् । शनिवार बालुवाटारमा सामान्य छलफल भएको थियो । आज सबै प्रदेशको भागबण्डा मिलाउने गरी नेताहरू छलफल गर्न लागेका हुन् ।हिजो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन कार्यदलले शीर्ष तहमा बुझाएको थियो । त्यसपछि नेताहरू छलफलमा जुटेका थिए ।प्रदेश नम्बर १ मा आइतबार सरकार गठनको अन्तिम डेडलाईन रहेको छ । यहाँ समस्या नभए पनि अन्य प्रदेशमा पनि सहमति खोज्ने प्रयास नेताहरूको छ ।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार ५ बजे बस्ने सत्ता गठबन्धनको बैठकमा प्रदेशहरूको भागबण्डा र सरकारले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुनेछ ।प्रदेश १ र गण्डकी एमालेले पाउने निश्चित हुँदा कर्णाली र सुदूरपश्चिममा माओवादीको दाबी छ । यद्यपि सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पनि आफ्नो दाबी गरिरहेको छ ।मधेश प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टीले दाबी गरेका छन् । यहाँ दुवै दललाई आधा आधा कार्यदल सरकारको नेतृत्व दिने गरी सहमति जुटाउने प्रयास भइरहेको छ ।एमालेले थप दुई प्रदेश पाउने लगभग निश्चित छ । ती दुई प्रदेश लुम्बिनी र बागमती हुन सक्छन् । यद्यपि बागमती नपाए कर्णालीमा एमालेको दाबी रहने नेताहरू बताउँछन् ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    77 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology