• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जसपा मधेस संसदीय दलको नेतामा मुख्यमन्त्री राउत र यादवको उम्मेदवारी

  • 2 वर्ष पहिले

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशमा संसदीय दलका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोज कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।जनकपुरधामस्थित जसपा पार्टी कार्यालय पुगेर मुख्यमन्त्री राउत र निवर्तमान सभामुख यादवले दलका नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । दलका नेताका लागि दुई जनाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक लाल किशोर साहले बताए ।दलका नेताका अर्का आकांक्षी सांसद राम अशिष यादवले उम्मेदवारी नै दर्ता गराएनन् । स्रोतका अनुसार उनले निवर्तमान सभामुख यादवलाई समर्थन गरेका हुन् ।मधेश प्रदेशमा जसपाको १६ सांसद छन् । दलका नेता बन्नेले मुख्यमन्त्री बन्ने अवसर पाउने छन् । सत्तारुढ दलहरुबीच मधेश प्रदेशमा पहिलो चरणमा जसपालाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ ।प्रकाशित चुनावी तालिका अनुसार आज साँझ ५ बजेबाट ६ बजेसम्म मतदान हुनेछ ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    73 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology