• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जेडीयूका पूर्व अध्यक्ष शरद यादवको निधन

  • 2 वर्ष पहिले

एजेन्सी । भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको छ । उनी ७५ वर्षका थिए । शरद यादवकी छोरी तथा कांग्रेस नेतृ सुभाषिनी शरद यादवले ट्वीटबाट उनको निधनको जानकारी दिएकी हुन् ।यादव सन् १९८९ मा वीपी सिंहको सरकारमा मन्त्री रहेका थिए । ९० को दशकको अन्त्यमा उनले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा पनि मन्त्रीको रूपमा काम गरेका थिए । यादव एक प्रमुख समाजवादी नेता थिए जसले ७० को दशकमा कांग्रेसविरुद्ध मोर्चा खोलेर चर्चामा आएका थिए । पछिल्लो केही वर्ष खराब स्वास्थ्यका कारण उनी सक्रिय राजनीतिमा थिएनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यादवको निधनमा दुःख जनाउँदै यादवले आफ्नो लामो सार्वजनिक जीवनमा आफूलाई सांसद र मन्त्रीका रूपमा प्रतिष्ठित गरेको बताएका छन् । त्यस्तै राष्ट्रपति द्रौपदी मुर्मूले पनि यादवको शोक व्यक्त गरेकी छन् ।साभार : रातोपाटी

2 वर्ष पहिले    158 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology