• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

रामेछापको मन्थली नगरपालिका वडा नम्वर १३ फूलासी स्वास्थ्य चौकिमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

  • 4 वर्ष पहिले


दिपक बस्नेत
जेठ ८, तामाकोशी ।

रामेछापको मन्थली नगरपालिका वडा नम्वर १३ फूलासी स्वास्थ्य चौकिमा कोरोना भाइरस रोकथाम सम्वन्धि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला नेता राम बहादुर तामाङ्गको प्रमुख आतिथ्यतामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै नेता तामाङ्गले रामेछाप जिल्ला बासिको स्वास्थ्य रक्षाको लागि जस्तोसुकै कदम चाल्न र सहयोग गर्न पछि नपर्ने बताउनु भयो ।
लालिगुराँस यूवा क्लव फूलासीको समुन्वयमा सामाग्री हस्तान्तरण हो । हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष सन्तोष चौहानले थोरै भएपनि स्थानीयको जीवन रक्षाको लागि सहयोग होस् भन्ने हेतुले सानो सहयोग गरेको बताउनु भयो । अध्यक्ष चौहानका अनुसार वडा नम्बर १३ फूलासीमा आइसोलेसन सेन्टर पनि स्थापना गरिने छ । हस्तान्तरण कार्यक्रममा मन्थली नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष राजेन्द्र चौहान, दोरम्वा गाउँपालिका वडा नम्बर ७ का वडा सचिव रामहरि अधिकारी गलाएतले धन्यवाद सहित मन्तव्य राख्नु भएको थियो ।  

4 वर्ष पहिले    816 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology