• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिकामा आज सम्म ३८ जनाले कोरोनालाई जिते

  • 4 वर्ष पहिले

दिपक बस्नेत


जेठ १०, तामाकोशी ।

तामाकोशी गाउँपालिकामा आज सम्म ३८ जनाले कोरोना संक्रमण लाई जितेका छन् ।
पालिकामा आज ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज संक्रमण पुष्टी भएकामा वडा नम्वर २ झुलेमा १ जना, वडा नम्वर ३ जफेमा १ जना, वडा नम्वर ४ मालूमा १ जना, वडा नम्वर ५ सहरेमा २६ जना, वडा नम्वर ७ हाँवामा ३ जना गरि जम्मा ३२ जना थपिएका हुन् ।
यस्तै आज सम्म निको हुनेमा वडा नम्वर १ भिरकोतमा ४ जना, वडा नम्वर २ झूलेमा १० जना, वडा नम्वर ३ जफेमा ५ जना, वडा नम्वर ४ मालूमा ३ जना, वडा नम्वर ५ सहरेमा २ जना,वडा नम्वर ६ च्याँमामा ७ जना, वडा नम्वर ७ हाँवामा ७ जना गरि जम्मा ३८ जनाले कोरोना संक्रमण मुक्त भएको पालिकाले जनाएको छ ।

पालिकामा हाल सम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १८९ पुगेका छन् । जस्मा ९२ महिला र ९७ पुरुष रहेको तामाकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनुभयो । संयोजक मिश्रका अनुसार तामाकोशी गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा ५ जना उपचार गराइरहनु भएको छ भने दुई जना चरिकोट अस्पताल र एक जनालाई थप समस्य देखिएकाले काठ्माडौ पाठाइएको छ ।

4 वर्ष पहिले    834 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology