• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छः प्रवक्ता महत

  • 2 वर्ष पहिले

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्ने प्रतिवद्धता प्रधानमन्त्री प्रचण्डले गरेको बताएका छन् । प्रवक्ता महतले समग्र देश र संसदको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सो पदहरुको निर्वाचन पनि दलहरुबीचको साझा सहमतिमा हुने कुरामा प्रधानमन्त्रीले नेपाली काँग्रेससँग नै प्रतिवद्धता गरेको बताएका हुन् । 

उनले विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेतहरु देखिएको भन्दै त्यस्तो हुन नदिन पनि आफ्नो पार्टीले राष्ट्रपतिसहितका राज्यका माथिल्लो संस्थाहरुको नेतृत्व चयन दलहरुबीचको सहमतिमा नै हुनुपर्ने प्रस्ताव अघि सार्नुपरेको स्पष्ट पारे ।  प्रवक्ता महतले सरकार बनाएजस्तो गरेर अल्पमत, बहुमतको आधारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयनको विषयलाई बनाउन नहुने पनि दोहोर्याए । उनले सभामुख, उपसभामुख पद र राष्ट्रपति, उपराष्ट्रपति पद महत्वपूर्ण संवैधानिक पद भएकाले पार्टीहरुले साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताए ।  संवैधानिक पदहरु मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले आफूले दिएको वचनवद्धता पूरा गर्नेमा आशावादी रहेको बताए ।  

प्रवक्ता महतले दलहरुबीच राष्ट्रपति लगायतका संवैधानिक पदहरुमा सहमति नभए आफ्नो पार्टीेले उम्मेदवारी दिने पनि स्पष्ट पारे ।  प्रवक्ता महतले संविधानको रक्षा गर्नका लागि आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताए । उनले प्रधानमन्त्री दाहालले नै काँग्रेससँग विश्वासको मतको अपेक्षा गरेकाले संविधानको रक्षाका लागि नेपाली काँग्रेसले समर्थन गरेको बताए । साभार : रातोपाटी

2 वर्ष पहिले    98 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology