• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मधेसको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

  • 2 वर्ष पहिले

जनकपुरधाम । मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।प्रदेशसभा बैठकमा आज भएको निर्वाचनबाट नेकपा एमालेका सांसद मण्डल निर्वाचित भएका हुन् । उनले १०३ मत पाएका छन् । उनी सभामुखमा निर्वाचित भएको प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले घोषणा गरे ।प्रदेशसभामा आज १०३ सांसदको उपस्थिति रहेको थियो । जसमध्ये २९ सांसदले नेपाली काँग्रेसको तर्फबाट सभामुखका उम्मेदवार बनेका जंगीलाल रायलाई मतदान गरेका छन् ।कांग्रेसको २२ र नेकपा एसको ७ सांसदले रायको पक्षमा मतदान गरेको बुझिएको छ । नेकपा एसले रायको पक्षमा उभिने निर्णय पनि गरेको थियो ।मण्डल धनुषा क्षेत्र नम्बर १ (२)बाट निर्वाचित प्रदेश सांसद हुन् । उनी ०७४ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । माओवादी र एमाले मिलेर नेकपा बनेको थियो र पछि अलग भयो । त्यतिबेला एमाले रोजेपछि मण्डलको सांसद पद गुमेको थियो । माओवादीले सांसद पद खोसेको उनलाई अहिले सभामुखमा भने समर्थन गरेको छ ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    89 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology