• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

देउवा भेट्न माधव नेपाल र उपेन्द्र यादव धुम्बाराहीमा, सभामुख निर्वाचनमा सहकार्यबारे छलफल

  • 2 वर्ष पहिले

काठमाडौं । सभामुख निर्वाचनको लागि उम्मेदवार मनोनयनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् ।सभामुख निर्वाचनका लागि आज दिउँसो मनोनयन हुनेछ । कांग्रेसले सभामुखमा उम्मेदवार बनाउनेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएकै बेला देउवालाई भेट्न माधव नेपाल र उपेन्द्र यादव धुम्बाराहीमा पुगेका हुन् ।सत्ता गठबन्धनमा जसपालाई सम्मानजनक भाग नदिइएपछि उपेन्द्र यादवले सरकारमा सहभागिता जनाएका छैनन् । उनले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक समेत बहिस्कार गरेका थिए ।कांग्रेसले गठबन्धनबाट जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतलाई आफूतिर तान्न खोजिरहेको छ । राष्ट्रपति चुनावलाई समेत मध्यनजर गरेर कांग्रेसले आफ्नो गठबन्धन बलियो बनाउन खोजेको हो ।माधव नेपाल र उपेन्द्रसँगको छलफलपछि कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।साभार : नेपाल प्रेस

2 वर्ष पहिले    101 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology