• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जनकपुरधाममा जारी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश ९ विकेटले पराजित

  • 2 वर्ष पहिले

जनकपुरधाम  । जनकपुरधाममा जारी महेन्द्रनारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ दिनको बिहानको खेलमा मधेश प्रदेशले आज ऐतिहासिक जीत निकालेको छ । नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा जनकपुरधामको रजौलमा निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा पहिले ब्याटिङले गर्दै बागमती प्रदेशले ७ विकेट गुमाएर २० ओभर खेल्दै ८२ रन जोडेको थियो । प्रतिउत्तरमा ब्याटिङका लागि आएका मधेश प्रदेशले १ विकेटको क्षतिमा १३.२ ओभरको खेलमा पवन सर्राफको छक्का प्रहारको मद्दतले ८६ रन बनाएर ९ विकेटले विजयी भएको छ । 

मधेश प्रदेशले यो जीतसँगै हालसम्म चार वटा खेल खेलेकोमा सबैमा जीत निकालेको छ । मधेश प्रदेशका बलिङ लाइन पनि सशक्त भएका कारणले बागमतीका व्याट्स म्यानले सन्तोषजनक रन बनाउन सकेनन् । मधेश प्रदेशका तर्फबाट पवन सर्राफले ४० वलमा ५४ रन जोडे भने मान यादवले २८ रन बनाए । पवन सर्राफले महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो अर्ध शतक प्रहार गर्ने खेलाडी पनि बन्न सफल भए । दिउँसोको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेश विरुद्ध पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ४१ रनको लक्ष्य दिएको छ  । गण्डकी प्रदेशले अहिले ब्याटिङ गरिरहेको छ । गण्डकीले २ ओभरमा १ विकेट गुमाउँदै ९ रन जोडेर खेलिरहेको छ ।  साभार : रेडियो नेपाल

2 वर्ष पहिले    160 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology