• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

नागरिकता विधेयक विवाद : सर्वोच्चको आदेशविरुद्ध धनुषामा प्रदर्शन, राजमार्ग अवरुद्ध

  • 2 वर्ष पहिले

जनकपुरधाम । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको विरोधमा धनुषाको महेन्द्रनगरका स्थानीय राजमार्ग अवरुद्ध गरेका छन् ।सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न आदेश दिएर लाखौँ नेपालीको भविष्यसँग खेलवाड गरेको भन्दै महेन्द्रनगरबासी आन्दोलन सुरु गरेका हुन् । उनीहरू पूर्व पश्चिम राजमार्गमा टायर बालेर सवारी साधन समेत ठप्प पारेका छन् ।प्रदर्शनमा सहभागीहरूले नेपाली नागरिकलाई अनागरिक बनाउन मिल्दैन, नागरिकतामा राजनीति बन्द गर, राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको आधारमा नागरिकता वितरण गर जस्ता नारा लगाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच दिन अगाडी विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।आइतबारबाट जिल्ला प्रशासन कार्यालयहरूले प्रमाणीकरण भएको विधेयकको आधारमा नागरिकता वितरण गर्ने सूचना समेत जारी गरेको थियो ।तर आइतबार नै सर्वोच्च अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश दियो । उक्त आदेशपछि नागरिकता वितरण रोकिएको छ ।यस्तै जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पनि विद्यार्थी जनमत संघ र नागरिकता विहीनहरू प्रदर्शन गरेका छन् ।

साभार : नेपाल प्रेस

2 वर्ष पहिले    265 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology