• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

कांग्रेस सहमहामन्त्री चौधरीको आमाको निधन, देउवाद्वारा दुःख व्यक्त

  • 2 वर्ष पहिले

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री उमाकान्त चौधरीकी आमा मदेशिया थरुनीको आज बिहान २ बजे बारा जिल्ला क्षेत्र नं. १ कोल्हवी नगरपालिका वडा नं. ११ स्थित निवासमा निधन भएको छ । वि.सं. २००३ मा जन्मिएकी थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । पार्टी सभापति उनको निधनप्रति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।  मुख्यसचिव  कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।‘साभार : रातोपाटी

2 वर्ष पहिले    109 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology